दुर्गा प्रसाइँको हतियारबारे अनुसन्धान गर्न छानविन समिति गठन

चैत १६, काठमाडौं । गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा गृह मन्त्रालयका उपसचिव ९कानून०का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् । उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन गृहले निर्देशन दिएको छ ।

गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए ।

उक्त हतियार सम्बन्धमा सर्वोच्च अदालतले कानून विपरित इजाजतपत्र जारी भएको देखिन आएको भन्दै सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नु भनी आदेश जारी गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.