नेपालकै पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको निधन

चैत १५, काठमाडौं । नेपालकै पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको निधन भएको छ ।

विष सेवन गरी गम्भीर भएका ७६ वर्षिय श्रेष्ठको उपचारको क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बिहीबार निधन भएको हो । गत चैत्र ७ गते विष सेवनबाट अचेत रहेका उनको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

के कति कारणले विष सेवन गरेको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले सुसाइड नोट फेला पारेको र अनुसन्धान भइरहेको जनाएको छ । वरिष्ठ साहित्यकार, मातृभाषा र समाजसेवी समेत रहेका श्रेष्ठको उदयपुर सिमेन्ट उद्योग स्थापनमा समेत योगदान रहेको बताइन्छ । नेपालमा पहिलो रंग कारखाना समेत खोलेका र कम्पनी टाट पल्टेपछि भारतमा गएर रिक्सा मजदुरी समेत गरेका श्रेष्ठ पछि रुस गएका थिए । उहाँका दुई जना छोरा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.