अनलाइनबाटै पटके रुट पर्मिटको सुविधा

चैत १३, काठमाडौँ । बागमती प्रदेश सरकारले अनलाइनबाटै पटके रुट पर्मिट दिने व्यवस्था गरेको छ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट सेवा शुभारम्भ गरिएको हो। प्रदेशका श्रम रोगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले मंगलबार उक्त सेवाको शुभारम्भ गरेका हुन् । सेवाको उद्घाटन गर्दै मन्त्री लम्सलले यातायात कार्यालयहरूमा लाग्ने सेवाग्राहीको भिडलाई नियन्त्रण गरी प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यअनुसार अनलाइनबाटै पटके रुट पर्मिट सेवा दिन थालिएको बताए। सेवाग्राहीले आफ्नो अनुकूल रुट इजाजत लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्ने र सो बापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्ने उनले बताए । मन्त्रालयमातहतको यातायात व्यवस्था कार्यालयहरूबाट उक्त सेवा प्राप्त गर्ने गरी अनलाइनबाटै पटके रुट इजाजत लिन पाइने भएको छ।

यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको पटके रुट इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मार्फत जारी हुने भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा पटके रुट इजाजत जारी गर्ने कार्यालयहरूबाट सो सेवा उपभोग गर्न पाइने छ। काठमाडौँ उपत्यका सहितका ६ वटा यातायात व्यवस्था कार्यालयबाट उक्त सेवा पाइने उनले बताए। यातायात व्यवस्था कार्यालय खुर्कोट, सिन्धुली, यातायात व्यवस्था कार्यालय साना(ठूला सवारी एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, हेटौंडा मकवानपुर, यातायात व्यवस्था कार्यालय, भरतपुर चितवन, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौँ ढुंगेअड्डा र यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट उक्त सेवा पाइने छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.