फागुन २९, रामेछाप । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मन्थली नगरपालिका– १३ फुलासी घ्याङडाँडास्थित जंगलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका(११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

