काँग्रेसको विधान संसोधन मस्यौदामाथि थप छलफल गरिने

भदौ २६, काठमाडौं। नेपाली काँग्रेसको विधान संशोधनका लागि गठन भएका तीनवटा उपसमितिहरुले तयार गरेका विधान संशोधनको मस्यौदा मङ्गलबार समितिको पूर्ण बैठकमा प्रस्तुत गरेर थप छलफल गरिने भएको छ ।

विधानका संशोधन गर्नुपर्ने शिर्षकहरुमा तीनवटा उपसमितिहरुले विभिन्न चरणमा छलफल गरेर मस्यौदा तयार गर्दै आएका छन् । तीनवटै समितिले तयार गरेको विधान संशोधनको मस्यौदा मंगलवार समितिको पूर्ण बैठकमा लैजाने तयारी भएको समितिका सदस्य सचिब केशव रिजालले जानकारी दिनुभयो । पार्टीका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहनुभएको विधान संशोधन समितिमा उपसमितिहरुले मस्यौदा प्रस्तुत भएपछि बुधवार पार्टीका पदाधिकारी र शिर्ष नेताहरु सहितको बैठकमा प्रस्तुत हुने रिजालले जानकारी दिनुभयो ।

पार्टीको विधानको संशोधित मस्यौदा बोकेर सातै प्रदेशमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेशका प्रतिनिधिदेखि तल्लोतहका कार्यकर्ताहरुकाबीचमा छलफल गरेपछि अन्तिम रुप दिइने छ । विधानमा सबैको अपनत्व महसुस गराउनका लागि ७७ वटै जिल्लातहमा मस्यौदामाथि छलफल गर्ते तयारी पार्टीले गरेको छ । आगामी दशैँअघि नै पार्टी विधानले अन्तिम रुप पाउने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.