उपेन्द्रसहित जसपाका मन्त्रीले लिए शपथ

फागुन २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनले आइतबार जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री थपेर २३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।

जसपाबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री, नवलकिशोर साह वन तथा वातावरण मन्त्री, र जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् । उनीहरुले केहि बेरअघि शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब दुई राज्यमन्त्री नियुक्त गर्न बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.