मलाई धेरैपटक मार्न खोजे, तर हिम्मत हारिनँ : समीक्षा अधिकारी

फागुन २५, काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले आफुलाई पटकपटक मार्न खोजेको तर हिम्मत नहारेको बताएकी छन् ।

नारी दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सम्पूर्ण दिदबिहिनीहरुलाई हिम्मत नहारी अप्ठ्यारा परिस्थितिको सामना गर्न आग्रह गरेकी छन् ।

पखेटा फिँजार उड्न चाहँदा आफूलाई बतास बनेर उडाएर लैजान खोज्नेहरु धेरै भेटिएको र त्यसबाट आफूले ठूलो शिक्षा प्राप्त गरेको उनले बताएकी छन् । आफूले धेरै अप्ठ्यारा परिस्थितिको सामना गरेर अघि बढेकाले आजभोलि आफू लडाकु जस्तै बनेको समीक्षाले बताएकी छिन् ।

‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहान–बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठूला सपनाहरु थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरुबाट फैलिन चाहनु मेरो के गल्ति थियो र?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म त पखेटा फिँजाएर उड्न चाहन्थेँ। तर, बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए ।’

नेपाली समाजमा छोरी र नारीलाई हेर्ने दृष्टिकोण नफेरिएको भन्दै उनले अन्याय, अच्याचार नसहन पनि आग्रह गरेकी छन् ।

‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पा¥यो। धेरै पटक मा¥यो। तर पनि उठेँ। हिम्मत हारिनँ। हार्ने पनि छैन। आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ। त्यसैले अन्यायकाबिरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरुमा आफैँबाट आवोस् भन्ने कामना–सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा–आन्टीहरुमा शुभकामना व्यक्त गर्दछु!’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.