स्वयंसेवाको क्षेत्रमा परिचालन भएको युवाको अभिलेखसहितको प्रतिवेदन तयार पारिने

भदौ २६, काठमाडौं । विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाद्वारा स्वयंसेवाको क्षेत्रमा भएको युवा परिचालनको अभिलेखसहितको प्रतिवेदन तयार पार्न लागिएको छ ।

नेपालभित्र कुन क्षेत्रमा के, कति र कसरी युवा स्वयंसेवक परिचालन भएका छन् भन्ने विवरण र तथ्यलाई एकीकृत गर्ने गरी अभिलेखसहितको प्रतिवेदन तयार पार्न लागिएको हो । युवा तथा खेलकुद मन्त्रालयले यस क्षेत्रमा भएका सम्पूर्ण विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्न लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी महेन्द्र पौडेलले युवा परिचालनका बारेमा तथ्य सङ्कलनका साथै संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय स्वयंसेवा कार्यक्रमले विश्वव्यापीरुपमा स्वंयसेवासम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने भएको हुँदा नेपालको तथ्यलाई पनि त्यसमा समावेश गराउने प्रयास गर्न लागिएको बताउनुभयो ।

अहिलेसम्म कुन क्षेत्रमा र कति युवा जनशक्ति स्वयंसेवकको रुपमा परिचालित छन् भन्ने कुनै तथ्याङ्क सङ्कलन गरिएको छैन । सरकारी निकाय र गैर सरकारी निकायबाट आ–आफ्नै तरिकाले स्वयंसेवक खटाउने गरिएको छ । मन्त्रालयले तयार पार्ने प्रतिवेदनमा पछिल्लो दुई वर्षको तथ्याङ्क र ऐतिहासिक तथ्यलाई पनि केही हदसम्म समावेश गरिने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.