प्रारम्भ संवाददाता
किउल ।
भदौ २५, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा –२ को आयोजनामा तीज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम गर्ने भएको छ । हेलम्बु गाउँपालिका २ को कार्यालया किउलले आयोजना गर्न लागिएको उक्त कार्यक्रम जनचेतनमूलकका साथै प्रतियोगीत्मक तथा समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने आयोजकले बताए ।
कार्यक्रममा पूर्व सांसद जयन्ती राईको प्रमुख आतिथ्यता र राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुत समेत रहेन जानकारी दिए । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजमा पछिल्लो समयमा देखिएका विकृति र विसंगतीलाई रोकथाम गर्ने उद्देश्यका साथ सकारात्मक सन्देश सहित जनचेतना अभिवृद्ध गराउन हेलम्बु गाउँपालिका –२ किउलले भदौ २७ गते आफ्नै कार्यालय प्राङगनमा कार्यक्रम गर्न लागिएको आयोजकले बताए ।

