फागुन १९, काठमाडौं । राष्ट्रिय संगीतकर्मी सङ्घ बागमती प्रदेशको आयोजनामा काठमाडौँमा बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो मेला आयोजना गरिने जानकारी दिएको छ । फागुन २४, २५ र २६ गते चुच्चेपाटी बौद्धमा विविध सांस्कृतिक कार्यक्रम सहित तामाङ समुदायबाट उत्पादन गरिएका अर्गानिक बस्तुहरु प्रदर्शन तथा बिक्रीवितरण समेत गरिने आयोजकले बताएको छ।

“हाम्रो कला र संस्कृती गौरवपुर्ण शान, कलाकर्मिको उत्थानको लागि हाम्रो अभियान ” भन्ने नारा सहित स्थापित संगीतकर्मी संघले आयोजना गर्न लागेको सो कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती द्वारा उद्घाटन गरिने भएको छ । साथै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई सम्मान गरिने भएको छ।
तीन दिनसम्म हुने सो ल्होछार मेला कार्यक्रममा विभिन्न परिकार तथा तामाङ तथा शेर्पा समुदायको पहिचान सहित उत्पादन गरेका सामग्रीको प्रदर्शनी हुने आयोजकले जनाएको छ । कार्यक्रम ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी सहित आम दर्शकलाई उपस्थितिको लागि आग्रह गरेको छ ।

