सिन्धुपाल्चोकमा १७ फिट अग्लो ‘ला नरु बोन’ को प्रतिमा निर्माण

अश्मि स्याङतान,
फागुन १७, चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –८ स्थित ईखुमा ला नरु बोन झाँक्रीको प्रतिमा उद्घाटन (स्याहल ठुङबा ) गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा, पूर्व मेयर अमान सिं तामाङ र नेपाल तामाङ बोन्बो घेदुङ संघीय अध्यक्ष लाक्पा घया्म्छो मोक्तानले प्रतिमा अनावरण गरेका हुन् । ईखुमा निर्माण गरिएको १७ फिट अग्लो ला नरु बोन को प्रतिमा बुधबार एक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले सबै जातिको आ– आफ्नो सँस्कृति रहेको ला नरु बोनको प्रतिमा झाँक्रीको इतिहाससंग जोडिएकोे महत्वपूर्ण रहेकाले प्रतिमा स्थापना गरिएको बताए । जनप्रतिनिधि भइ काम गरिरहदा जनसमुदायको माग अनुसार आफुले काम गरेको उनको भनाई थियो । ला नरु बोनको प्रतिमा चौताराको पर्यटकीय धार्मिक स्थलको रुपमा विकास हुने बताउदै अगामी दिनहरुमा चौतारा नगरभित्र समुदायको माग अनुसारका महत्व रहेका कार्य गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा बोल्दै पूर्व मेयर अमान सिं तामाङले ला नरु बोन प्राचिन कालमा शक्तिशाली झाँक्रीको रुपमा परिचित रहेको र प्रतिमा उत्घाटनको दिनलाई ऐतिहासिक दिनको रुपमा लिनुपर्ने बताए । ला नरुबोनको इतिहास र अहिले पनि झाँक्रीको तामाङ तथा अन्य समुदायमा पनि महत्वपूर्ण भूमिका रहेकाले आफु मेयर हुदाको कार्यकालमानै प्रतिमा स्थापनाका लागि सुरुवात गरिएको स्मरण गराए ।

झाँक्रीको इतिहासमा उड्नसक्ने शक्तिशाली झाँक्रीको रुपमा परिचित ला नरु बोनको प्रतिमा नेपालभरिकै पहिलो पटक बनेको नेपाल तामाङ बोन्बो घेदुङ चौतारा साँगाचोकढी नगरपालिका अध्यक्ष चिन बहादुर स्याङतानले जानकारी दिए । इतिहासदेखि अहिलेसम्म झाँक्रीले कुल देउता पुज्ने, देवी देउता पुज्ने र मन्त्र र जडीबुट्टीको प्रयोगले विरामीको उपचार गरिन्छ ।

झाँक्री चिन बहादुरका अनुसार इतिहासमा झाँक्री शक्तिशाली हुनका साथै मुल्य मान्याता पनि धेरै थियो । अहिले वडा तहदेखि संघसम्म झाँक्रीहरुको घेदुङ बनेको उनले बताए । ला नरुबोनको प्रतिमा तयार पार्न सरकाररी बजेटदेखि देश तथा विदेशमा रहेकाहरुले सहयोग गरेको मूल आयोजक समिति संरक्षक तथा संयोजक धन गोले जानकारी दिए । सो समारोहमा झाँक्री नाँच, साङ सेक्र्याम, शिल , मादले, डम्फु गीतसंगै नाच पनि प्रदर्शन गरिएको थियो । जनप्रतिनिधि, स्थानिय, तामाङ समुदायका अगुवा र नगरभरिका झाँक्रीहरुको उपस्थितिमा भब्यताका साथ ला नरु बोनको प्रतिमा समुत्घाटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.