उपत्यकामा छिटफुट वर्षाः देशभरको मौसम आंशिकदेखि सामान्य बदली

फागुन १०, काठमाडौँ । अहिले पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

बिहीबार दिउँसो काठमाडौं उपत्यकामा फाट्टफट्ट वर्षा भएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बल्खु, कालिमाटी, टेकु, सुन्धारा आसपासमा सामान्य वर्षा भएको छ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार बिहीबार सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना छैन। उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावले उपत्यकाका केही स्थानमा सामान्य वर्षा भएको हो। यो क्रम केही बेरमा नै रोकिनेछ। ” अहिले देशभरका अधिकांश स्थानको मौसम बदली भएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने साँझसम्म नै हिउँ पर्ने सम्भावना रहेको उहाँको भनाइ छ। भोलिदेखि भने मौसमिमा सुधार हुँदै जाने सम्भावना रहेको उहाँको भनाइ छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.