गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

फागुन १०, काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए ।

विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् । त्यसपछि सभामा उक्त सूचना स्वीकृतरअस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपुरक संख्याको विषय उठाएका थिए ।

गणना गर्दा २७५ सदस्यीय प्रतिनिधिसभामा कुनैपनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जनामात्रै उपस्थित रहेको थाहा भयो । त्यसपछि सभामुख घिमिरेले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.