बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

फागुन ६, काठमाडौं। काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन्।

आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनाबस पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको बताइएको छ। घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्‍पताल लगिएको छ। उनी खतरामुक्त छन्। एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागे पनि उनी उपचारपछि घर फर्किसकेका छन‍्। इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न नियन्त्रणमा लिइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.