अङ्ग्रेजी विषयको शिक्षणमा प्रविधि प्रयोगको जोड

फागुन ५, ललितपुर । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

शनिबार ललितपुरमा सङ्घीय सभाका सभामुख देवराज घिमिरेले सो सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा बोल्ने अतिथिहरुले अङ्ग्रेजी विषयका शिक्षकहरूले सूचना प्रविधिको प्रयोग गरी बालमैत्री ढंगले पठनपाठन गर्न सके सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरूले अङ्ग्रेजी शिक्षण सिकाइ सुधार्न सूचना प्रविधिको प्रयोगमा जोड दिएका हुन् । शिक्षकहरूले प्राथमिकता दिन नसक्दा सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय कमजोर हुने गरेको उनीहरूको भनाइ छ ।

सामुदायिक विद्यालयमा अङ्ग्रेजी बोल्ने वातावरण र विद्यार्थीलाई सरल भाषामा बुझ्न सक्ने गरी पठनपाठन गर्न सके यो विषय पनि सजिलो बनाउन सक्ने विषय शिक्षकहरूको बुझाइ छ ।

नेल्टाकी अध्यक्ष मोतिकला देवान सुब्बाको सभापतित्वमा भएको सो सम्मेलन ‘अङ्ग्रेजी भाषा शिक्षणमा पुनर्विचार, समता समावेशिता र नवप्रवर्तन’ भन्ने नाराका साथ सुरु भएको हो । अङ्ग्रेजी विषयका शिक्षकहरूको सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, कोरिया, जापान, भारत लगायत २० देशका ८ सय शिक्षक सहभागी छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.