पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

फागुन १, तानसेन । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो। मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं। ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो।

अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो। क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको उहाँको भनाइ छ। मृतकको पहिचान गर्ने कार्य भइरहेको छ भने घाइतेको प्रभावकारी उपचारका लागि अस्पतालसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको तिनाउ ६ का वडा अध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो। घाइते र मृतकको उद्धार गरिएको उहाँले बताउनुभयो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.