दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन

फागुन १, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो। राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाह भने प्रसाईंको कार्यक्रममा नआउने भएका छन्। उनी सात दिनका लागि चितवन गइसकेका छन्। प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर लागेका छन्।

प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए। प्रसाईले भनेका थिए, ‘राजाले टाउको हल्लाइबक्सेको छ, आउनुहुन्छ होला।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.