यातायातका महानिर्देशक रिजाललाई कार्यालयमै दलियो कालोमोसो

माघ २९, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि कार्यालमयमै दुव्र्यवहार भएको छ ।

सोमबार बिहान क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै कालोमोसो दलेको हो । संगठनको एक समूहले उनलाई मिनभवनस्थित कार्यालय पुगेर कालोमोसो दलेको हो ।

कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको बुझिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले बताए । पछिल्लो समय लाइसेन्स वितरणमा ठूलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.