फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

माघ २९, काठमाडौँ । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको जनाएको हो । गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिनुभयो ।

नेपाल राजपत्र – खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.