कोशी सरकार र पहिचान पक्षधरबीच भएको ५ बुँदे सहमति

माघ २६, काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार भएको वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने लगायतका पाँच बुँदे सहमति भएको हो ।

पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने लगायतका ५ बुँदे सहमति भएको जानकारी दिए ।

सहमतिका बुँदा यस्ता छन्–

१. पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने
२. आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
३. आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने
४. पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने
५. अर्काे वार्ता १० गते भित्र बस्ने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.