यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो

माघ २२, काठमाडौं। दक्षिण अफ्रिकामा यू– १९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। यू– १९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपालको क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो।

नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए। स्वदेक फर्किएपछि कप्तान देव खनालले व्याटिङमा सोचेजस्तो राम्रो हुन नसकेको बताए। उनले यू–१९ विश्वकप क्रिकेटलाई अनुभवको रुपमा लिएको र धेरै कुरा सिक्ने मौका पाएको बताए। त्यस्तै अलराउन्डर गुलशन झाले सोचेजस्तो खेल भएपनि नजिता भने आफ्नो पक्षमा पार्न असफल भएको जिकिर गरे। उनले बलिङको तुलनामा व्याटिङमा मेहनत गर्नुपर्ने देखिएको धारणा राखे।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले टेष्ट मुलुकसंगको खेलहरु नेपालका लागि ठूलो अनुभव भएको बताए। प्रतियोगीताभर नेपाली समर्थकको पनि धेरै साथ पाएको उनले बताए। समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजितसँग पराजित भएपनि अफगानिस्तानलाई भने पराजित गर्दै सुपर सिक्समा पुगेको थियो। तर सुपर सिक्समा बंगलादेश र भारत पराजित भएपछि नेपाल प्रतियोगीताबाट बाहिरिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.