माघ २१, काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित अगार्निक लाउन्च एण्ड क्लवमा एक साथ दुई म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कोपिला राइको शब्दमा रहेको “तिम्रो जस्तो भाग्य” गीतमा गायिका सुजाता राईको स्वर रहेको छ । उक्त गीतमा प्रमोद मोक्तानको संगीत तथा सन्जीव बराइलीको एरेन्ज रहेको छ । सोनम तामाङले छायांकन गरेको भिडियोमा शिवपुरी डाडाको ग्रील भ्याली रिसोर्टको दृश्य देख्न सकिन्छ ।

त्यस्तै गायक कृष्ण रुम्बाको स्वर तथा शब्द संगीत रहेको “तिमी नै हौ” भन्ने बोलको म्युजिक भिडियो पनि सो स्थानमा सार्वजनिक गरेको छ । उक्त गीतलाई दिक्षित पौडेल र दिनेश न्यौपानेको एरेन्ज गरेका छन् । म्युजिक भिडियोमा गायक स्वयम् कृष्ण रुम्बा र शितल श्रेष्ठले अभिनय गरेका छन् । सो म्युजिक भिडियो तारेभिर तथा दरबारमार्गमा छायांकन गरेका छन् ।

दुबै गीत सोनम तामाङले छायांकन गरेका हुन् । शनिबार दुई म्युजिक भिडियो वरिष्ठ कलाकार उत्तम केसीले सार्वजनिक गरेको युथ क्रियशनका व्यवस्थापक रवि तामाङले जानकारी दिए।

