ईष्टपोल मा.वि.ले आफ्नो २९ औँ स्थापना दिवस मनाईयो (तस्बीरमा)

माघ १६, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा अवस्थित ईष्टपोल मा.वि.ले आफ्नो २९ औँ स्थापना दिवस मनाईएको छ ।

२०५१ साल माघ १० गते स्थापना भएको सो विद्यालयले आफ्नो २९ औँ स्थापना दिवस अवसर पारेर समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रम काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा प्रदेशसभा सदस्यद्वाय विमल ठकुरी र छिरिङदोर्जे लामाको विशेष आतिथ्यतामा सम्पन्न भएका हुन् । प्रतिनिधिसभा सदस्य चालिसेले ईष्टपोलको गौरवमय शैक्षिक इतिहासलाई बधाई दिदै निकट भविश्यमा क्षमतावान तथा सीप सहितको जनशक्ति उत्पादन गराउन शुभकामना व्यक्त गरेका छन् । विद्यार्थीलाई समाजमा जिम्मेवार नागरिकको रूपमा उभ्याउन सक्ने वातावारणसहित अध्यपन गराउन समेत सांसद चालिसेले आग्रह गरे ।

सो विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसंगै सामाजिक कार्यमा समेत सहभागीता जनाउँदै आएको र आगामी दिनमा पनि सामाजिक चेतनाका कार्यमा संलग्न गराउँदै लैजाने प्रधानाध्यापक राजेश राईले जानकारी दिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । रेडियो नेपालकी कलाकार लक्ष्मी भुषाल र बालकलाकार आयुषा गौतमले आफ्नो प्रतिभा प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक बनाएकी थिईन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा,  वडा न. ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुवेदी, वढडा नं. ६ का अध्यक्ष नवराज लामा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष ईश्वरी प्रसाद सापकोटा सभाध्यक्षतामा भएको सो कार्यक्रममा विद्यार्थीहरूद्वारा सांगीतिक प्रस्तुती देखाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.