आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरुसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ । दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीीतमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.