लायन्स क्लब अफ काठमाडौँ होली स्माइलद्वारा काभ्रेमा न्यानो कपडा वितरण

माघ १२, काठमाडौँ । चिसो बढेसंगै जेष्ठ नागरिक तथा बालबालिकालाई सताउने गरेको छ । विभिन्न स्थानमा चिसोकै कारण विभिन्न रोग लाग्ने तथा अकालमै जीवन गुमाउनु परेको समाचारहरू आउन थालेको छ ।

चिसोका कारण स्वास्थ्यमा समस्या नआओस भनेर यतिखेर केही सामाजिक संघसंस्थाहरूले न्यानो कपडाको जोहो गर्दै नेपालका केही स्थानमा पु¥याइरहेको छ । त्यस्तै लायन्स क्लब अफ काठमाडौँ होली स्माइलले काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ स्थित मझुवामा न्यानो कपडा वितरण गरेको छ । सो गाउँसंगै भण्डारेखोला, भदौरे, किम्बेका जेष्ठ नागरिक, एकल महिला, अपाङगता भएका व्यक्ति तथा बालबालिका करिब एक सय दश जनालाई टोपी, ज्याकेट, ट्राउजर लगायत न्यानो कपडा वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रममा स्थानीय पूर्णमान लामाले स्वागत गर्दै सहजीकरण गरेका थिए । जेष्ठ नागरिक, महिला तथा बालबालिकालाई न्यानो कपडा सहयोगले राहत पुगेको बताउँदै सहयोगी दातालाई धन्यवाद दिए । कपडा वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ होली स्माइलबाट उमेश प्रधान, दीपक मानन्धर, मनोज शाह, किशोर डंगोल, सुशिला शर्मा, महेन्द्र प्रधान, निरू मानन्धर, रूपा कार्की, उर्मिला राई लगायतको टोली पुगेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.