बन्दुक देखाएर साढे नौ लाख लुटपाट

माघ १०, काठमाडौं । लुटेरा समुहले धनुषामा बन्दुक देखाएर पेट्रोलियम व्यवसायीको साढे नौ लाख लुटपाट गरेको छ । धनुषाको मिथिला नगरपालिका– ९, लालगढस्थित चित्रा आयल स्टोर्सको नौ लाख ६० हजार रुपैयाँ मंगलबार बिहान ११ बजे लुटिएको हो ।

पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर रकम लुटेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन् । ‘व्यस्त सडकमा दिउँसै रकम लुटिने घटना असामान्य हो। दिनदहाडै भएको डकैतीले व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना हुँदै गइरहेकोतर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ प्रधानले भने ।

लुटेरा समहूको खोजी गरी कानुनी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराइदिन प्रहरीसमक्ष निवेदनसमेत दिइएको उनले जानकारी दिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.