त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ

माघ ८, काठमाडौं। प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो।

शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएको हो। कार्यालयले केही बेरमा पत्रकार सम्मेलन गरेर उनको बारेमा थप जानकारी दिने तयारी गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.