मेरा सपनाहरू अथाह छन्…..
मान्छु कतिपय असम्भव होलान् तर धेरै सम्भव नै छन् ।
सपना भन्दा यथार्थ तितो लाग्छ, अनि यथार्थको पनि
वास्तविकता कहाली लाग्दो छ ।
आँशु लुकाउँदै हाँस्दै, दुःख, पीडा ढाकछोप गर्दै बाँच्ने गरेको छु
मरेर पनि बाँचेको छु यो भन्दा पनि धेरै संघर्ष गर्नुपर्छ भने
मृत्युसंग सम्झौता गरि सफलता माग्न म सधैँ तत्पर छु ।
यो कहाली लाग्दो शहरको अन्धकार कोठालाई थाहा छ
सफल बन्नका लागि मैले कति संघर्षको आँशु बगाएको छु,
टाउको टेकाउन राखिएको सिरानीले कति पटक मेरो मुहारलाई दबाएको छु ।
कोठाको झ्यालमा टागेको त्यो कालो पर्दाभित्र
मैले मेरा रङ्गिन जीन्दगीलाई कैद बनाएर राखिएको छु ।
परेला भरि आँशु लिएर ऐना हेर्दा पनि त्यत्ति धमिलो
देखिएको थिएन दुनियाँ जति मन मरेको यो शरिर,
घिर्सादै मसानघाट खोज्दा प्रतिबिम्ब धमिलाएको थियो ।
सपना ठूलो छैन अब मेरो,
आफ्नो रङ्ग देखाउने आफन्तलाई मेरो अस्तित्व
के हो भनि प्रमाणिकरण गरेर देखाउन सकुँ,
संसार जित्ने आशिष कमाएर मर्दा लाश छोप्ने एउटा
कफन किन्ने औकात बनाउन सकुँ ।
– मिनु मोक्तान

