केयर होमको काममा शारिरिक र मानसिक रूपले नै पूर्ण तयारी हुनुपर्छ

नेपालमा रोजगारको अभावसंगै नेपाली युवाहरू विदेशिने क्रम पनि उत्तिकै बढ्दो छ । वैदेशिक रोजगारको शिलशिलामा दैनिक एक हजारदेखि पन्ध्र सय जना युवा नेपाल बाहिरिएको तथ्यांक वैदेशिक रोजगार विभागको छ ।

विशेष गरी साउदी अरब, कतार, मलेशिया, ओमन, कुवेत, यूएइ, दक्षिण कोरिया, इजराइल लगायत देशहरूमा श्रमिकको रूपमा नेपाली युवाहरू जाने गरेको पाइन्छ । स्वादेशमा उचित श्रमको मूल्य नहुने र क्षमतानुसारको रोजगार नपाएकाले युवाहरू विदेशिन बाध्य छन् ।

आफ्नो परिवार पाल्नकै लागि अरब देशहरू गएका नेपाली श्रमिकहरूको सुरक्षाको जोखिम मोलेर काम गर्नुपर्ने वाध्यता बेलादबखत समाचार आउने गर्छन् । नेपाली मेनपावर कम्पनिहरूले नेपाली श्रमिकहरूलाई पूर्ण रूपमा तयारी नगराई व्यापारको रूपमा विदेश पठाउने मानसिकताले पनि युवाहरू अलपत्र परेको समाचार आउने गर्दछ । राज्य र सम्बन्धित निकायले सहजीकरण नगर्दा नेपाली श्रमिकहरूले विदेशी भूमिमा दुःख पाउने गरेको विदेश फर्किएकाहरू बताउँछन् ।

केही मूलुकहरूमा भने नेपाली दक्ष जनशक्ति पठाउन नेपाल सरकार आफै अग्रसरता देखाएको छ । त्यस्तै दक्षिण कोरिया र इजराइलमा भने सरकारले कोटा निर्धारण गरेर स्वास्थ्य सेवा, निर्माण तथा कृषिजन्य उत्पादनको क्षेत्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । नेपाल सरकार र कोरियली सरकार तथा इजराइल सरकारवीच जेटुजीमार्फत सम्झौता गरी नेपाली श्रमिकहरू जाने गरेका छन् ।

इजराइलमा नेपाली श्रमिकलाई सेवा सुविधा र जाने पक्रिया के कस्तो रहेको छ भन्ने विषयमा विगत १२ वर्ष इजराइल बसेर नेपाल फर्किएका किरण लामासंग प्रारम्भ खबरले केही कुराकानी गरेका छौँ ।

किरण लामा हेटौँडा उपमहानगरपालिका –९ पशुपतिनगरका स्थायीवासी हुन् । उनी रोजगारको शिलशिलामा सन् २००९ मा इजराइल पुगेका थिए । करिव १२ वर्षको बसाईपछि त्यहाँको भाषा, रहनसहन तथा कानुनी प्रक्रियामा समेत जानकार छन् । उनले इजराईल नेपाली कामदारका लागि अन्य मूलुकको तुलनामा निकै सहज र अवसरको रूपमा लिएका छन् । मुख्यतयः भाषा र व्यवहारिक सीप भएको खण्डमा कामदारलाई कुनै समस्या नआउने बताउँछन् ।

लामा सन् २०२१ मा नेपाल फर्किएसंगै नेपाल सरकारको वैदेशिक रोजगार विभागमा प्रशिक्षक तथा परामर्श विज्ञको रूपमा कार्यरत छन् । हाल इजराइल सरकारले हरेक वर्ष १२ सय जना श्रमिक केयर गिभरको लागि माग गर्दै आएको छ । केयर गिभरमा जानका लागि नेपालमा आवश्यक तालिम लिएर परिक्षा पास गरेर मात्र जान सकिने उनी बताउँछन् ।

इजराइली भाषा हिब्रुलाई प्राथमिकता दिएर विभिन्न आवश्यक तालिम तथा कक्षाहरू लिएर मात्र जानुपर्ने बताउँछन् । इजराइलमा जानुनै विशेषतयः स्वास्थ्य क्षेत्रमा रहेको बताउँदै निकै संवेदनशील रहने र त्यसको लागि मानसिक र शारिरिक रूपमा तयारी भएर जानुपर्ने किरण लामाको सुझाव छ । उनी भन्छन्– ‘इजराइल केयर गिभरका लागि कक्षा १२ पास गरेका २५ देखि ४५ वर्ष उमेरका नेपालीले नेपाल सरकारले तोकिएको संस्थामार्फत ३ महिना हिब्रु भाषा गरेको प्रमाणपत्र, प्राविधिक सीपको तालिम लिएको अनुमति पत्र भए मात्र योग्य ठान्दछ ।’

विशेष गरी इजराइलको सरकारी अस्पताल, वृद्ध आश्रम तथा नर्सिङ होम लगायत स्वास्थ्य क्षेत्रमा सेवा गर्नुपर्ने भएकाले पूर्ण रूपले मानसिक र शारिरिक तयारी चाहिने बताउँछन् । त्यतिमात्र नभएर महिलाको हकमा ५ फिट उचाई र ४०   किलो तौल भएका उम्मेद्वार मात्र छनोटमा पर्ने बताउँछन् ।


१२ कक्षा उत्र्रिण गरेकाले तोकिएको हिब्रु भाषा सेन्टरबाट ३ महिने कोर्स गरेको प्रमणपत्र चाहिन्छ भने पिसिएल नर्सिङ गरेकाले कोर्ष नगरी परिक्षामा सहभागी हुन पाउने मापदण्ड रहेको बताउँछन् । इजराइल जाँदा नेपालबाटै मानसिक तयारी भए जाँदा केही समस्या नहुने बताउँदै तयारीविना जाँदा दुःख खेप्नुपर्ने बताए । थाहा नै छैन म दुःख गराउला भनेर जानु र परेपछि गर्ने दुःख फरक हुने बताउँदै प्राविधिक ज्ञानसंगै भाषाको पनि पूर्ण रूपमा जानकार भएमा त्यहाँका मानिसहरूसंग कम्युनिकेशन गर्न सहज हुने बताए ।

केयर गिभर भनेको त्यहाँ गएर भारी बोक्ने र दुःख गर्नुपर्ने जस्तो नभएर गएपछि आफ्नो विवेक प्रयोग गरेर काम गर्नुपर्ने भएकोले नेपाल सरकारले तोकिएको केन्द्रबाट मात्र तालिममा सहभागी हुन आग्रह गरेको छ । त्यहाँ ९ घण्टा काम गर्नुपर्ने उनको अनुभव छ । नेपालबाट छनोट भएर पुगेका नेपाली श्रमिकको खाना बस्नको लागि व्यवस्था केयर होमले लिने गरेको बताउँछन् ।

इजराइलमा कमाई राम्रो भएकोले नेपाली कामदार त्यसतर्फ जान आकर्षित छन् । मासिक न्यूनतम २ लाख ५० हजारदेखि ५ लाखसम्मा कमाई हुने लामाको अनुभव छ । नेपाल सरकार र इजराइल सरकारवीच श्रमिक सम्झौतामा ५ वर्ष ३ महिना समय अवधि तोकिएको छ । त्यहाँ जाने श्रमिकका लागि केयर होमको नियमानुसार हप्ताको एक दिन छुट्टीको व्यवस्था रहने बताएको छ ।

हाल किरण लामा केयर गिभर एकेडेमियाको प्रशिक्षकको रूपमा कार्यरत छन् ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.