नक्कली मदिरा उत्पादन गरी बिक्री गर्ने गिरोह पक्राउ

माघ ३, काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई पक्राउ गरेको हो । काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको काठमाडौं प्रहरी पपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत गिरोहलाई सार्वजनिक गर्दै उनीहरूबाट नक्कली मदिरासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका अर्का लेखविक्रम थापा रहेका छन् । त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.