डिग बहादुर श्रेष्ठ
पुस २९, काठमाडौं । सामाजिक गतिविधिमा क्रियाशील सस्था रारा संयुक्त उपभोक्ता समाजको १० औं साधारण सभा सम्पन्न भएको छ ।
शनिवार निवर्तमान अध्यक्ष रेखा नेपालको सभापतित्वमा भएको काठमाडौँ महानगरपालिका वडा – ४, सुकेधारा स्थित आफनै रारा संयुक्त उपभोक्ता समाज बहुदेश्य भवनमा साधारण सभा सम्पनन भएको छ । सो सभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले नव निर्वाचित कार्यसमितिको अध्यक्षमा गोपाल प्रसाद गेलाल, उपाध्यक्षमा शारदा पौडेल ढकाल, सचिवमा पपिहा ढुंगेल बराल र कोषाध्यक्षमा रुपक बानियाँलाई चयन गरेको छ । त्यस्तै नवगठित १४ सदस्यीय कार्यसमितिका सदस्यहरूमा विष्णु वस्नेत, सम्राट पाल, श्रीविद्या अधिकारी, शंकर महर्जन, कर्ण गिरी, भारती सापकोटा, दुर्गा पौडेल, शुभेच्छा सिंह, भिम श्रेष्ठ, सस्मित पोखरेल, कृष्ण बहादुर श्रेष्ठ, गायत्रा घिमिरे, निर्मला अधिकारी र तारा सिवाकोटी चयन भएका छन् ।
साधारणसभाका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक परिर्वतनका लागि एकढिक्का भएर लाग्न आग्रह गरे । पछिल्लो समयमा समाजमा निराशा, असन्तुष्टि र बेतिथि बढ्न थालेकामा चिन्ता व्यक्त गर्दै सामाजिक सचेतनासहितको सकारात्मक उर्जा ल्याउने कार्य गर्नुपर्ने बताए । सांसद पौडेलले निराशा नभई आशाको सञ्चार बोकेर जिम्मेवार ढंगाले अघि बढ्न नयाँ कायैसमितिलाई आग्रह गरे ।
त्यसै गरी उक्त सभामा आफ्नो मन्तव्य राख्दै संस्थाका सस्थापक अध्यक्ष गोकर्ण सपकोटाले समाजका बारेमा आफ्नो धारणा राख्दै भने “स्थापनाकालदेखि आजसम्म यस रारा समाजले प्राप्त गरेको सफलता एक दुई जनाको प्रयासले मात्र सम्भव भएको हैन । तसर्थ “सेवा नै धर्म हो“ भन्ने कल्याणकारी भावनाबाट प्रेरित भै यस महान यात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, मानसिक एवम् बौद्धिक सहयोग पुर्याउनु पर्ने बताए। उनले आर्थिक सहयोग सम्बन्धमा रारा समाजले विविध कार्यक्रम समन्वयन गर्नुपर्ने औल्याउदै उक्त कार्यमा आफु कटिबद्ध भएर लाग्ने बताए ।
१० औं साधारण सभामा पूर्व अध्यक्षहरू गोकर्ण सापकोटा, श्री सापकोटा, रामहरी अधिकारी, दिनेश कार्की त्यसैगरी निबर्तमान अध्यक्ष रेखा नेपाल सहित रारा संयुक्त उपभोक्ता समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कोषाध्यक्षले १०औं साधारण सभामा गत आर्थिक वर्ष २०७९र०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उनले रारा समाजको वार्षिक प्रतिवेदन, भावी कायर्क्रम, आर्थिक प्रतिवेदन र हालसम्म उठेको रकम र वर्तमान अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । उनले चालु आर्थिक वर्ष २०७९÷ ०८० को पुस महिनासम्मको आर्थिक प्रतिवेदनमा विभिन्न बैकमा मौज्यदा रहेको रकमको जानकरी दिए । उक्त सभामा सचिबको प्रतिबेदन र कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित भएका थिए भने कार्यक्रमको सञ्चालन रारा समाजका सचिव देब शंखर अधिकारिले गरेका थिए ।

