पुस २९, काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेका छन् ।
आइतबार दिउँसो सर्वोच्च पुगेका ती महिलाले आफैंमाथि मट्टितेल छर्किएका हुन् । उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेका छन् । उनले गिरीलाई थुनामा राख्न माग राख्दै आएका छन् । गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो ।
पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो ।

