३३ किलो सुन प्रकरणः २६ अभियुक्तको मिसिल झिकाउन आदेश

भदौ २४, काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत विराटनगरले अभियुक्तहरुको मिसिल झिकाउन आदेश दिएको छ ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २६ अभियुक्तको मिसिल झिकाउन आदेश दिएको हो । न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासले आइतबार मोरङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश दिएको हो । जिल्लाबाट मिसिल आएपछिमात्र सुनवाईको पेसी तोकिने उच्च अदालतले जनाएको छ । अदालतले संजयबहादुर राउत, दिवेश लोहनी, गोविन्दप्रसाद निरौला विकासराज खनाल, एल बि मगर भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, प्रजित केसी र दोराम खत्रीको सुरु मिसिल झिकाउन आदेश गरेको हो ।

त्यस्तै माधव भन्ने मदनप्रसाद घिमिरे, आर के भन्ने राजेन्द्रकुमार शाक्य, तुलाराम थारु, विरेन्द्रमान श्रेष्ठ, अमरमान डंगोल, श्यामबहादुर खत्री, राजु महर्जन, बालकृष्ण सन्जेल, कपिल राज पुरी, मदन सिलवाल, रामकुमार तिवारी, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पाको सुरु मिसिल झिकाउन आदेश गरेको हो ।

यस्तै हाजिरी जमानीमा छोडेका ठाकुरप्रसाद ढुङ्गाना सञ्चालक रहेको एवल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजको समेत सुरु मिसिल झिकाउन आदेश गरेको हो । अभियुक्तहरुले पूर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.