महिन्द्राको नयाँ पिक–अप सार्वजनिक

भदौ २४, काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले नयाँ पुस्ताको महिन्द्रा पिक–अपको अपग्रेडेड भर्सन नेपाली बजारमा ल्याएको छ ।

स्कर्पियोको निर्माता महिन्द्राले विशिष्ट अफरको रुपमा एस १० डबल क्याब पिकअप बजारमा ल्याएको हो । महिन्द्राको यो पिक–अप अग्नि इन्कर्पोरेटेडको वितरक संजालमार्फत् नेपालभरि उपलब्ध हुनेछ । छ स्पिड ट्रान्स्मिसन, १ सय ३ किलोवाटसहितको शक्तिशाली टर्बोडिजल शक्ति र २५ सय किलोको भार वहन क्षमतायुक्त महिन्द्रा पिकअपले प्रतिस्पर्धीहरूको ध्यान आकर्षित गर्ने कम्पनीले दाबी गरेको छ ।
नयाँ स्कर्पियो पिक–अप महिन्द्राको यही बजारप्रतिको प्रतिबद्धताको प्रमाण रहेको कम्पनीले जनाएको छ । महिन्द्राले वर्षौंदेखि स्कर्पियो ब्रान्डमार्फत डबल क्याब बजारको नेतृत्व गरिरहेको छ ।

शक्तिशाली, आरामदायी र उच्च प्रविधियुक्त महिन्द्रा पिक–अप वास्तवमा एक पूर्ण वाहन रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो पिक–अप ४बाइ४ ट्रान्समिसन श्रृंखलामा पनि उपलब्ध हुनेछ । यसरी महिन्द्राले उपभोक्तालाई जस्तोसुकै भूबनोटमा पनि सवारी चालनको मजा लिन समर्थ बनाउने कम्पनीको दावी छ । गाडीको टर्बोडिजल इन्जिन ६–स्पिड म्यानुअल गियर बक्ससँग जोडिएको छ जसले गाडीको पछाडिका चक्कालाई समेत सञ्चालन गर्छ ।

रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेसन, अटो क्लाइमेट कन्ट्रोल र मल्टिफन्क्सन स्टेरिङ ह्विल एस १० क्याबका अत्याधुनिक विशेषता हुन् । महिन्द्रा एन्ड महिन्द्रा अमेरिकी डलर २० अर्ब ७० करोड मूल्यांकन भएको महिन्द्रा समूहको एक अभिन्न अंग हो । स्टान्डर्ड रुपमा एबीएस, ईबीडी, डुअल एअरब्याग, कोल्याप्सिबल स्टेरिङ कोलुम आदि एस १० क्याबका केही मुख्य विशेषता हुन् जसले यस पिक–अपमार्फत् सुरक्षा र सुविधाप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाएका छन् । एस १० क्याबमा भएको स्ट्याटिक बेन्डिङ कर्निङ ल्याम्प टेक्नोलोजिले रातको समयमा गाडी चलाउँदा पनि सहज अनुभव हुन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.