मेनपावर व्यवसायीको दादागिरी, पीडित र आफन्तमाथी कुटपिट

पुस १९, काठमाडौँ । बैदेशिक रोजगारका लागि काठमाडौँको धापासीमा रहेको ब्रिज स्काई इन्टरनेशनल प्रा.लिबाट साउदी पुगेका चुनबहादुर तामाङ अलपत्र परेपछि उनका आफन्तको सहयोगमा विभिन्न संघसंस्थाले नेपाल उद्धार गरिएको छ ।

मेनपावरले तोकेर पठाएअनुसार सेवा सुविधा नपाई दुःख झेल्दै आएका तामाङ आफु नेपाल फर्किन चाँहेपनि मेनपावरले कुनै चासो नदेखाएपछि उनले श्रमिक संघसंगठन र सामाजिक अभियान्तमाझ सहयोगको अपिल गरेका थिए । सोही अनुसार नेपाल फर्किएका उनले आफ्नो खर्चको क्षतिपूर्ति माग गर्दै मेनपावर पुगेका थिए । त्यसक्रममा समाजवादी ट्रेड युनियन महासंघ नेपालको साथमा मेनपावर पुग्दा बो मेनपावर प्रा.लि र बलोट मेनपावर प्रा.लिका अनाधिकृत व्यक्तिहरू आएर छलफलकै क्रममा हातपात गरी सांघातिक रूपमा कुटपिट भएको छ ।

फ्रि–भिसा फ्रि टिकट लिएर साउदी गएका उनले मेनपावरलाई रकम बुझाएका थिए । तामाङले आफुले दुःख पाएको र लागेको खर्चको क्षतिपूर्ति माग गर्दै मेनपावर पुग्दा युवाहरूको समूह लगाएर कुटपिट गरेको र प्रहरीलाई पक्राउ गर्न लगाएको भन्दै समाजवादी ट्रेड युनियन महासंघ नेपालद्वारा विज्ञप्ती निकालेको छ । श्रमिक मजदुरको अधिकारका लागि लड्दै आएको महासंघले बैदेशिक रोजगारको शिलशिलामा साउदी पुगेर समस्यामा परेका श्रमिक मजदुरको उद्धार तथा क्षतिपूर्तिको लागि वकालत गर्दै आएको बताउँदै मेनपावर व्यवसायी सञ्चालकले गलत व्यक्ति समूह ल्याएर सांघातिक हमला गरेको भन्दै आपत्ति जनाएको छ ।

छलफलका क्रममा सहजीकरण गर्न पुगेका बैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका वरिष्ठ उपाध्यक्ष दानबहादुर लामा थोकर, केन्द्रीय सदस्य जनक राई, साङबहादुर तामाङ, पीडित चुनबहादुर तामाङ र उनको आफन्त तेजबहादुर तामाङ, रविन्द्र तामाङ लगायतलाई कुटपिट गरी उल्टै प्रहरी प्रभाग महाराजगंज चक्रपाथमा हिरासतमा राखिएको भन्दै विना शर्त रिहाइको माग सहित प्रेस विज्ञप्ती जारी गरेको छ । समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहालद्वारा जारी विज्ञप्तीमा प्रहरी हिरासतमा रहेकाहरूको तुरून्त रिहाई गर्न माग गर्दै पीडितले न्यायपूर्ण तरिकाले क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन् । रिहाईमा ढिलासुस्ती गरे संघर्षको मैदानमा उत्रिने चेतवानी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.