विराटनगर महानगरका मेयर आफैले समाते घुस माग्ने कर्मचारी

भदौ २४, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सेवाग्राहीसँग घुस लिने आफ्नै कर्मचारीलाई समातेका छन् ।

सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि मेयर पराजुलीले घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तिलकमणि पोखरेललाई पक्राउ गरेका हुन् । पोखरेलले सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेको छ ।

पोखरेलले अर्किड स्कुलको नयाँ भवन भवनको निर्माण सम्पन्नको कागज बनाउन ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय रुपैयाँको मात्रै बिल दिएका थिए । स्कुल सञ्चालिका विराटनगर–७ मा मीना शाक्यले जग्गा भाडा लिएर नयाँ भवन बनाएकी थिइन् । भवनको निर्माण सम्पन्नको कागज बनाउन एकसाता यता महानगरपालिका धाइरहेकी उनीसँग कर्मचारीले सुरूमा १ लाख रुपैयाँ लाग्छ भनेका थिए ।

पछि ८५ हजार रुपैयाँमा मिलाइदिने भन्दै रकम लिएका थिए । मीनाले महानगरका कार्यालय सहयोगी बुधलाल सरदारलाई फाइल बुझाएकी थिइन् । आइतबार ८५ हजार रकम लिएर पोखरेलले ७३ हजार ५५५ रुपैयाँ राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैयाँ राखेका थिए । विराटनगर महानगरपालिका ३ घर भएका खरिदार पोखरेल २०५४ सालयता महानगरपालिकामा कार्यरत छन् । पोखरेलले भने नियोजित रुपमा फसाइएको बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.