पुस १३, काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ ।
आगलागीबाट करोडौको क्षति भएको प्रहरीले जनाएको छ । ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ । दमकल जाने बाटो नभएकोले आगो नियन्त्रणमा समस्या परेको सुरक्षाकर्मीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलि सहित स्थानीयहरूको लामो प्रयासबाट आगलागी नियन्त्रणमा आउन थालेको छ भने पूर्ण रूपमा नियन्त्रणमा भने अझै आउन सकेको छैन् ।

अहिले तीनवटा दमकलले आगो निभाउने प्रयासमा छन् । क्षतिको विवरण आइसकेको छैन । उक्त सोफा हव इन्द्र थपलियाले सञ्चालन गर्दै आएका थिए । सोफा हवसंगै गलैचा कारखाना समेत रहेको र सामान बाहिर निकाल्ने क्रम जारी छ ।



