पुस ९, जाजरकोट । भूकम्प प्रभावित जिल्ला जाजरकोटको एक विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

जिल्लाको नलगाड गाउँपालिका वडा नम्बर ५ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई ट्याकसुट, टोपी, मोजा लगायत न्यानो कपडा वितरण गरिएको हो । गैर आवासीय संघ स्कटल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको सहयोगमा सो राहत सामग्री वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा सहयोगी सस्थाका प्रतिनिधि किशोर डंगोल, पत्रकार भिम लामा, स्थानीय समाजसेवी गंगा न्यौपाने र देवका लामिछाने लगायतको टोलिद्वारा नगर शिक्षा शाखा प्रमुख मणिराम पोखरेल, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरुलाई कपडा वितरण गरेको डंगोलले जानकारी दिए ।

कक्षा १ देखि ८ सम्म अध्ययन हुने सो विद्यालयमा त्यस विद्यालयमा अध्ययनरत ३७ जना अपाङ्गता भएका विद्यार्थीसहित ३ सय जना रहेका छन । कार्तिक १७ गते राति गएको भूकम्पबाट उक्त विद्यालयको भौतिक संरचना समेत क्षति पुर्याएको छ। बालबालिकालाई चिसो जाडोबाट बच्नका लागि केही राहत पुर्याउने उद्देश्यले स्कटल्याण्डमा रहेका नेपाली संघसंस्थाले न्यानो कपडा वितरणमा सहयोग गरेको बताए ।


