पुस ७ , दिल्ली । सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्द भारत स्वतन्त्र भएको अवसरमा दिल्लीमा सम्मानित भएका छन् ।
बागचन्दलाई अध्यक्षको हैसियतले सूचनाको हकको अभियानलाई आशालाग्दो उपलब्धि हासिल गरेवापत सम्मान सहित पुरस्कृत गरिएको छ ।भारत विभिन्न प्रान्तका डाक्टर, ईन्जिनीयर, सामाजिक अभियन्ता र पत्रकारहरुले पुरस्कार २०२३ प्राप्त गरेका छन ।

दिल्लीको मण्डी हाउस स्थित अडियोटोरियलको हलमा आयोजित कार्यक्रममा भारतीय विधायक, राजनिति दलका नेताहरुको हातबाट पुरस्कार वितरण गरिएको थियो ।
अध्यक्ष बागचन्द गत असोजमा सम्पन्न महासङ्घको पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । बागचन्द २०७४ सालदेखि महासङ्घको अनौपचारिक सञ्जालको नेतृत्व गर्दै छन् । सञ्जालले २०७८ फागुन २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको थियो ।

महासङ्घको हाल काठमाडौँ उपत्यकालगायत आठ प्रदेश समितिलगायत धेरै जिल्लामा जिल्ला कार्य समिति क्रियाशील छन् । समुदायमा सूचनाको हक स्थापित गर्न महासङ्घले अभियान चलाउँदै आएको छ ।

