पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग गर्दै लुम्बिनीका पालिकाहरू

पुस ७, काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएका छन् ।

पालिकाहरुको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरुले पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने विभिन्न पालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय– लुम्बिनी प्रदेशको समन्वयमा लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएसंगै पालिकाहरु सो अभियानमा जुट्ने भएका हुन् ।

लुम्बिनी प्रदेशका २१ वटा स्थानीय सरकार (नगरपालिका÷गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा ÷योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले भालुुबाङ्गमा कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा पालिकाहरुको पर्यटन नीति, रणनीति तथा कार्ययोजना निमार्ण, पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ,बजारीकरण तथा पर्यटन प्रवद्र्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिएको थियो । यस्तै कार्यशालामा पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकाश गर्न तथा स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।

कार्यशालामा लुम्बिनी प्रदेश अन्तरगत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, कोटहीमाई, रामग्राम , घोराही, लमही, तुलसीपुर, राप्ती, दाङ्ग, बैजनाथ र ठाकुरद्धारा , पुथा उत्तरगंगा, सिंस्ने, रुन्टिगढि, बढैयाताल, स्वर्गद्धारी , झिम्रुक, राजापुर, तिनाउ, रेसुङ्गा, र छत्रदेव नगरपालिका ÷ गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले कार्यशालाबाट हरेक पालिकाले आआफ्नो पालिकाको पर्यटन रणनीति तथा कार्ययोजना निर्माणमा सहयोग पुगेको बताउनु भयो । नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवद्र्धन , ब्रान्डिङका विषयमा प्रस्तुतिकरण गर्दै आफ्नो स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नु पर्ने बताउनु भयो । नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवद्र्धनधनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख्य गर्दै पर्यटनमा सञ्चारको भूमिका , सामाजिक सञ्जालको प्रयोग र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा पर्यटन विभागका अधिकृत प्रयास भट्टराइले विभागले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विभिन्न पालिकामा भइरहको कार्यबारे जानकारी दिँदै पूर्वाधार विकासमा पालिकाहरुसंग भएको सहकार्यबारे प्रकाश पार्नु भएको थियो । यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनीका अधिकृत गणेश घिमिरेले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजना लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यशालामा शनिवार सहभागी जन प्रतिनिधि तथा कर्मचारीहरुले आ–आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा रणनीति तयार पार्ने तथा त्यसको कार्यान्वयनको खाका तयार पार्नेछन् ।

कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफुहरुले आ–आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफुहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पार्ने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले बताउनु भयो । परियोजनाले यस अघि कोशी,मधेस,सुदुपश्चिम र कर्णाली प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको छ भने यस पछि गण्डकी र बाग्मतीमा कार्यशाला आयोजना गरिने परियोजनाले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.