५ वटा जहाज लिलामीमा बेच्दै नेपाल एयरलाइन्स

पुस ५, काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । उसले एक सूचना जारी गर्दै जहाज लिलामीमा राखेको हो ।

उक्त एयरलाइन्सले दुईवटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा बेच्न लागेको हो । यी पाँचवटा चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर थन्काइएको छ ।

 

लिलामीमा राखिएका जहाज जसले बढी मूल्य कबुल गर्छ, उसैले पाउने छ । त्यसका लागि आज (बिहीबार) गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने समयसीमा (म्याद) आगामी माघ २१ गतेसम्म तोकिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.