चीनमा भूकम्प- १ सय १६ जनाको मृत्यु, पटकपटक पराकम्पको महसुस

पुस ३, काठमाडौं । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी १ सय १६ जनाको मृत्यु भएको छ ।

२ सय २० जनाभन्दा धेरै घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । चीनको सरकारी मिडियाका अनुसार गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले नजिकैको छिङहाई प्रान्तमा पनि धेरै भवनहरू ध्वस्त पारेको छ ।

भूकम्पको तीव्रता ५.९ र गहिराई १० किलोमिटर रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । युएसजीएसका अनुसार त्यहाँ अहिले पनि पराकम्प गइरहेको छ । अहिले राहत तथा उद्धार कार्य जारी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.