निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान

पुस १, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा मान्यता प्राप्त गर्न १२ वटा राजनीतिक दलहरू दर्ता गर्ने निर्णय भएको छ । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

जसअनुसार नेकपा (एमाले) लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टी, नेपाललाई ढल्केको छाता, जनमत पार्टीलाई लाउडस्पिकर, नेकपा (एकीकृत समाजवादी) लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल समाजवादी पार्टीलाई खुलेको एक आँखा चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.