भदौ २४, काठमाडौं । काठमाडौंको सिनामंगलमा आगलागी हुँदा तीन घर जलेको छ।
आज आइतबार बिहान सुकुम्वासी बस्तीमा आगलागी भएको हो । आगलागीबाट बुद्धिबहादुर दमाइको घरसहित तीन वटा घर जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार एक घरमा बालेको धुपबाट आगो सल्किएको छ।
उक्त घरमा धुप बालेर राखेको र त्यसैबाट आगो फेलिएको स्थानीयवासीले बताए।

