तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव आजबाट सुरू (तस्बीरमा)

मंसिर २९, काठमाडौँ । तामाङ समुदायको मौलिक सेलो संगीत महोत्सव आज (शुक्रबार) बाट सुरू भएको छ । नेपाल तामाङ कलाकार संघको आयोजनामा भएको महोत्सव आज औपचारिक रूपमा भएको हो ।

काठमाडौँको होटल हयात ग्राउण्ड, चुच्चेपाटी बौद्धमा भइरहेको महोत्सवमा विभिन्न जिल्लाबाट आ–आफ्ना् भेषभूषासहित मौलिक रैथाने गीत संगीत प्रस्तुत गरेका छन् । बागमति प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाको प्रमुख आतिथयता र खानेपानी तथा सिँचाईमन्त्री तिर्थ लामाको विशेष आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा संघीय पूर्वमन्त्री सेरबहादुर तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, पूर्व राजदूत डा. गणेश योञ्जन, काभ्रेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, काठमाडौँ गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा लगायत तामाङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू रहेका थिए ।

तेस्रो संस्करणको रूपमा आयोजना गरिएको उक्त महोत्सवमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा गायक विशाल काल्तनको अध्यक्षतामा महासचिव खेम मोक्तानले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै महोत्सवको संयोजन भने वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले गरेका थिए ।

बौद्ध स्तूपदेखि डम्फू, साँस्कृतिक झाँकी, ताम्बा तथा तामाङ समुदायको विभिन्न संघसंस्थाको प्रतिनिधित्वहरूको प्रस्तुति सहित कार्यक्रम स्थलसम्म ¥याली गरेका थिए । महोत्सव तामाङ कला, संस्कृति र मौलिक गीत संगीतलाई प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताए ।

आज भएको औपचारिक कार्यक्रममा तामाङ गीत संगीत तथा कलाकारिता क्षेत्रबाट तामाङ समुदायलाई विशेष योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गरेका थिए । मंसिर ३० गतेसम्म चल्ने महोत्सवमा पुरानो तथा नयाँ कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।

भिडियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.