रातको समयमा चोरी गर्ने ६ जना पक्राउ

मंसिर २७, काठमाडौँ । प्रहरीले विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँका विभिन्न स्थानमा बस्नेहरू भारत देश बेसालीका १८ वर्षीय किशोर, भारत मोतीहारीका १९ वर्षीय किसन गिरी, भारत बिहारका २१ वर्षीय कृष्ण पोदार, काठमाडौँ नागार्जुन नगरपालिका–६ सितापाइला बस्ने ३० वर्षीय विक्रम गर्तौला, झापा वाहुनडाँगी नगरपालिका–८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका–९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा रहेका छन् । उनीहरूमध्ये विक्रम, रमेश र डिल्लीराम सुन पसले रहेका छन् ।

गत असार १५ गते काठमाडौँ शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौँ बिजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मङ्गलसूत्र ३ थान, सुनको रिङ ३ थान, सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.