मंसिर २६, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ गोकर्णेश्वर नगरपालिकाको तर्दथ समिति गठन भएको छ ।
आज (मंगलबार) गोकर्ण शहिद तथा शान्ति स्मारक पार्कमा बसेको छलफल तथा भेलाले आर्दश क्षत्रीको संयोजकत्वमा तर्दथ समिति गठन गरिएको छ । त्यस्तै सचिवमा राजकुमार केसी र समितिमा बसन्ती लामा, बैकुण्ठ महत, रामहरी भण्डारी, दिनेश श्रेष्ठ, रमेश भण्डारी, कृष्णप्रसाद चौलागाई, इश्वर तामाङ सदस्य रहेका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमीद बागचन्द, उपत्यका अध्यक्ष पूर्णप्रसाद मिश्र र उपत्यका केन्द्रीय सदस्य भीम लामा, शहिद पार्क बन उपभोक्त समितिका अध्यक्ष सुर्दशन सिग्देल, पत्रकार आशिष तामाङ, जिल्ला महासंघ जिल्ला सदस्य बिदुर सापकोटा, अस्मिता खत्री लगायतको उपस्थितिमा भएको सो भेला भएको हो । सार्वजनिक निकाय तथा नागरिकको चासो राख्ने विषयमा सूचना माग गर्ने र अभ्यासमार्फत स्थानीय तहदेखि संघीय तहसम्मा हुने गरेको भ्रष्टाचारको अन्त्यका गर्न महासंघले कार्य सम्पादन गर्दै आएको छ ।

नागरिक र सार्वजिक निकायमा सूचना माग्ने र दिने व्यवस्थालाई कार्यन्वयनमा ल्याउन महासंघले देशभर अभियान सञ्चालन गर्दै आएको छ । सो अभियान अन्तरगत गोकर्णेश्वर नगरपालिकामा पनि समिति गठन गरेको केन्द्रीय सदस्य भीम लामाले जानकारी दिए । नगरपालिकाभित्र रहेको सार्वजनिक निकाय, संघसंस्था, वित्तिय संस्था, उपभोक्त समिति तथा विकास निर्माणमा अनिमियतता रोक्नका लागि संविधानले प्रदान गरेको अधिकारलाई कार्यन्वयनमा ल्याउने अभियानलाई सार्थक बनाउनेमा विश्वास व्यक्त गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले नागरिकको अनुहारमा खुशी ल्याउने अभियानलाई प्रभावकारी रुपामा अगाडी बढाउन नवगठित नगर समितिलाई शुभकामना सहित निर्देशन दिए । सूचनाको हकलाई स्थानीय नागरिकसम्मा प्रत्यभूति गराउन नगर समितिको सहायताले पूरा गर्नेमा विश्वास व्यक्त गरे ।

