काग्रेस काठमाडौँ क्षेत्र नं. ३ लाई निर्वाचन समितिको पत्रचार, यसअघिको निर्णय बदर

मंसिर २५, काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ३ को महासमिति सदस्य मनोनयनको विषयमा विवादभएपछि पार्टी केन्द्रीय निर्वाचन समितिले सच्याउन पत्रचार गरेको छ ।

२२ मंसिरमा काठमडौँ जिल्ला पार्टी सभापतिलाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पत्रचार गरेका हुन् । पत्रमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं. ३ महासमिति सदस्यको नामवालीमा त्रुटी भएको कारण देखाउँदै उक्त निर्णय बदर गरी पुनः निर्वाचन अधिकृत तोकी विधान अनुसार सदस्य मनोनयन गरी पठाउन निर्देशन दिएको छ । काँग्रेस पूर्व क्षेत्रीय सभापति एवम् महासमिति सदस्य समेत रहेका परशुराम पोखरेलको अग्रसरतामा गरिएको अभियानलाई केन्द्रिय निर्वाचन समितिले सम्बोधन गरेको छ । पार्टीलाई गलत अभ्यासबाट नचलाउन सचेत गराउँदै पार्टीको विधि विधान र अनुशासनलाई निर्वाह गराउन ध्यानाकर्षण गराएका थिए ।

गत असोजमा नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं. ३ ले गरेको भेलाबाट सर्वसम्मत महासमिति सदस्य मनोनयन गरेको निर्णय झुटा भएको भन्दै उक्त निर्णयलाई बदरको माग गरेको थियो । अन्य प्रयोजनका लागि भेला राखि माइन्युट समावेश गरी गलत निर्णय सार्वजनिक गर्दै आएको भन्दै पार्टी केन्द्रीय सभापतिको सचिवालय, उपसभापति, महामन्त्री, बागमती प्रदेश समिति, निर्वाचन समिति, काठमाडौँ जिल्ला समिति लगायत निकायहरूलाई जानकारी गराउँदै त्यस निर्णयलाई कार्यन्वयन नगराउन संयुक्त रूपमा हस्ताक्षर गरेर निवेदन पेस गरेका थिए ।

सो निवेदनमा महाधिवेशन प्रतिनिधिहरू परशुराम पोखरेल, दुर्गा प्रसाद बराल, जयराज भण्डारी र दुजाङ शेर्पाले संयुक्त रूपमा असहमति जनाउँदै काठमाडौँ क्षेत्र नं. ३ ले गरेको निर्णय बदरको माग राख्दै ध्यानाकर्षण गरेका थिए । ध्यानाकर्षणलाई सम्बोधन गर्दै निर्वाचन समितिले पुनः विधिानवमोजिम निर्णय पठाउन पत्रचार गरेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.