क्रिसमसको सामूहिक भोज खाँदा १ काे मृत्यु, १८ जना अस्पताल भर्ना

मङ्सिर २४, पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा सहभागी भएका की देवी परियारको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।भोजमा सहभागी भएका ३५ मध्ये अन्य १८ जना बिरामी परेको र उनीहरुलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको थियो । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको पाइएको छ । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.