अस्थायी काठेपुल
मङ्सिर २३, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा स्थानीय बासिन्दाले आवतजावतका लागि निर्माण गरेको अस्थायी काठेपुलमा साइकल डोर्याएर गन्तव्यमा जाँदै गरेका महिला ।
काठेपुलमा आवतजावत गरेवापत मोटरसाइकलको ४० र साइकलको १० रूपियाँ शुल्क तिर्नुपर्दछ । नदीमाथिको झोलुङ्गेपुल दुई वर्षअघिको बाढीले चुँडाएपछि स्थानीय बासिन्दाले हिउँदमा अस्थायी काठेपुल नदीमा निर्माण गरेर आवतजावत गर्दै आएका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

